जन आकाश
रक्तदान कार्यक्रममा सहभागि बनौ, रक्तदान गरौ, जिवन बचाऔ भन्ने नारा का साथ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषदको आयोजना तथा नेपाली रक्तदाता संघको सहकार्यमा नेपाल प्रज्ञा प्रतिष्ठानमाको प्राङणमा आयोजित बृहत रक्तदान कार्यक्रम भब्यता का साथ सम्पन्न भएको छ । बिहान १०स्३० बजे देखी २स्३० बजे सम्म संचालन गरिएको रक्तदान कार्यक्रममा ७३ जना सहभागी हुनु भएकोमा ४७ जनाले रक्तदान गर्नुभएको थियो । सोही अवसरमा नेपाली रक्तदाता संघ तथा फ्रेन्डसिप कम्युनिटी हस्पिटलका तर्फबाट आयोजन गरिएको निस्शुल्क स्वास्थ्य शिविरमा ५९ जनाले सेवा लिनु भएको थियो ।
बिहान ७स्३० बाट भृकुटीमण्डप बाट शुरु भएको प्रभातफेरी, औपचारिक कार्यक्रम, युवा उद्यमी स्टल, इन्नोभेसन स्टल, रक्तदान कार्यक्रम, युथ डाइलग, राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन जस्ता थुप्रै कार्यक्रमहरु गरिएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend